धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेपछि रेडक्रस सोसाइटीले संस्थागत रक्तदानको आग्रह गरेको छ।

रेडक्रसको आग्रह अनुसार सोमवार नेपाल बजार  बिक्री  प्रतिनिधि सङ्घ र धरान वितरक सङ्घले खुल्ला रक्तदान आयोजना गरी कुल ६१ प्रिन्ट रगत सङ्कलन गरेको छ । 

भानुचौकमा भएको रक्तदानमा सङ्घमा आबद्ध सदस्य व्यवसायीहरू रक्तदानमा सहभागी भएको सङ्घका धरान नगर समिति अध्यक्ष पवन श्रेष्ठले बताए ।

श्रेष्ठको अध्यक्षतामा भएको रक्तदानमा प्रमुख अतिथि सङ्घका केन्द्रीय अध्यक्ष नरेन्द्र विष्ट थिए । उनले सङ्घले सदस्यहरूको हकहित सँगै सामाजिक काम गर्दै आएको बताए ।