वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण तथा सामाग्री वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र मकै पकेट र तरकारी पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत कृषक समूह र कृषि सहकारी मार्फत कृषकहरूलाई उपकरण वितरण गरेको हो ।

नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तेजबहादुर गुरुङ्गका अनुसार नगरपालिको वार्षिक स्कीकृत कार्यक्रम अन्तर्गत कृषकहरूलाई उपकरण वितरण गरिएको हो । मकै र तरकारी पकेट क्षेत्र विकास गर्ने उद्देश्यले सहलेश कृषक समूह वराहक्षेत्र-११ मधुवनलाई ५० प्रतिशत अनुदानमा १ थान मकै ( ट्रायक्टर अपरेटेट) थ्रेसर र स्प्रेयर टंकी २२ थान वितरण गरिएको छ ।

तरकारी पकेट कार्यक्रम अन्तर्गत श्रीलङ्का कृषक समूह वराहक्षेत्र ६ र ९ लाई ५० प्रतिशत अनुदानमा  प्याष्टिक टनेल २७ थान, मल्चिङ्ग प्याष्टिक २८ थान, स्प्रे टंकी २२ थान र  त्रीपाल -१५ थान वितरण गरिएको छ ।

त्यस्तै सप्तकोशी कृषक समूह वराहक्षेत्र -७ लाई ५० प्रतिशत अनुदानमा मकै थ्रेसर ५ थान, मकै रोप्ने मेसिन २ थान, स्प्रे टंकी ५ थान र  डेलीभरी पाईप ७५० केजी वितरण गरिएको कृषि विकास शाखाका प्रमुख तुलशा लिम्बुले बताईन् ।

barahchetra1

त्यस्तै बहुमुखी कृषि सहकारी समूह वराहक्षेत्र-८ मकै रोप्ने मेसीन १२ थान, त्रीपाल ५० थान र तरकारी पकेट क्षेत्र अन्तर्गत लोकपाल कृषि सहकारी संस्था वराहक्षेत्र-८ मल्चिङ्ग प्याष्टिक ७ थान, प्याष्टिक टनेल ५ थान  र स्प्रे टंकी २२ थान वितरण गरिएको छ ।

सप्तकोशी कृषक समूह वराहक्षेत्र-८ प्याष्टिक टनेल ७ थान, प्लाष्टिक मल्चिङ ९ थान, स्प्रे टंकी ५ थान वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र नयाँ मकै पकेट स्थापना अन्तर्गत १२ लाख र नयाँ तरकारी पकेट स्थापना अन्तर्गत १२ लाख गरी २४ लाख बजेटबाट उक्त कृषि उपकरण तथा सामाग्री नगरपालिकाले कृषि विकास शाखा मार्फत वितरण गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।