धरान : विद्यालयमा भएको झगडामा एक चौध वर्षिया बालिकालाई सामूहिक रूपमा कुटपिट गरेको भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्न सोही विद्यालयका १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना वैशाख ६ गर्ने दिउँसो साढे १२ बजे मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा ३ स्थित कालिका माध्यमिक विद्यालयमा भएको हो । कुटिएकी बालिकाको हाल विर्तामोङ बि एण्ड सि अस्पतालमा उपचार भई रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उक्त विद्यालयकी १४ वर्षिया छात्रालाई स्कुलकै समयमा १३ जना बालिकाहरूको सङ्गठित समूहले कुटपिट गरेका हो । कुटपिट गर्ने बालिकाहरूले कुटपिट गरेको घट्नाको भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड समेत गरेका थिए ।
बालिकालाई कुटपिट गरी भिडियो समेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको जानकारी पाए लगत्तै उर्लाबारी इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले उक्त कार्यमा संलग्न वैशाख ११ गते घटनामा संलग्न १३ जना बालिकाहरूलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएको बालिकाहरूलाई वैशाख १२ गते मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
कुटपिट गरेको भिडियो :