धरान : वैदेशिक रोजगारीमा इजरायल पठाउने भन्दै ५ जना सँग कुल ४८ लाख रुपया असुल गरी सम्पर्क विहीन भएकी ३२ वर्षिया हरिकला दाहाललाई प्रहरीले मङ्गलवार पक्राउ गरेको छ ।

झापा जिल्ला कमल गाउँपालिका वडा ७ स्थायी घर भएकी हरिकला हाल काठमाडौँ कपनमा बस्दै आएकी थिइन् । उनले दिपक दाहाल सहित ५ जनाबाट वैदेशिक रोजगारीमा इजरायल पठाइदिन्छु भनि पटक-पटक गरी कुल ४८ लाख रुपया लिएकी थिइन् ।

तर, इजरायल पठाउनुको सट्टा रकम असुल गरेर हरिकला आफै सम्पर्क विहीन भएपछि पीडितहरूले ठगी गरेको भनि वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । विभागबाट खोजतालका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरेको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले खोज तलासको क्रममा हरिकलालाई काठमाडौँ वडा ७ चावहिलमा फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक  रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

pakrau