धरान : यस वर्षको एस.ई.ई. परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी धरान आचार्यलाइनमा स्थापित रिलायवल एकेडेमिक ट्रेनि ¨एन्ड ईभेन्ट्स नेपाल (रेट-नेपाल) ले धरानमा एकदिने निःशुल्क करियर काउन्सिलि¨ कार्यक्रम सम्पन्न गरेको छ । स्टारपूर्वी होटेलको सभाहलमा सम्पन्न सो कार्यक्रममा यस वर्ष एस.ई.ई. परीक्षा दिएर बसेका विधार्थीहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

विभिन्न विषयका विज्ञहरूबाट विद्यार्थीहरुलाई श्रव्यदृश्यका माध्यमबाट उत्प्रेरणात्मक प्रस्तुती गरिएको कार्यक्रममा धरान र आसपासका क्षेत्रका सामुदायिक र निजी विद्यालयका विधार्थीहरुको सहभागिता रहेको थियो ।

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, होटेल व्यवस्थापन, चिकित्साशास्त्र, ईञ्जिनियरि लगायतका विषयहरूको महत्त्व, अध्ययन गर्ने शैली, नेपालमा उपलब्ध कलेजहरुकोे विवरण लगायतका विविध आयामका विषयमा विज्ञ परामर्शदाताहरूबाट सञ्चालित सो कार्यक्रमका सहजकर्ताहरूमा मोहन श्रेष्ठ, राजेश विद्रोही, भाष्कर पौडेल, कामना वान्तवा र पोषण श्रेष्ठ रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथी धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडा थिए भने एकेडेमीका अध्यक्ष प्रेमराज शाक्यको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । रेट नेपालले स्थापनाको छोटो अवधिमा नै विद्यार्थीको अध्ययन अभिरुची वृद्धि, व्यक्तित्व विकास लगायतका क्षेत्रमा विभिन्न तालिम, कार्यक्रम, व्रिज कोर्ष, भाषा तयारी कक्षा आदि गर्दै आएको छ ।