वराहक्षेत्र : 'सफा पानी हैन पर्याप्त पानी चाहिन्छ' यो माग वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित चावचावासीको हो । उनीहरू अहिले खोला खोल्सीको पानी सङ्कलन गरेर आफ्नो दैनिकीका लागी पानीको जोह गर्दै आफ्नो आवश्यकता पूरा गरिरहेका छन् ।

करिब ३५ घर परिवार रहेको चावचामा निर्वाचनको समयमा पानी ल्याइदिने बाचा सबै राजनैतिक दलले गरे पनि त्यो आजसम्म पूरा हुन भने सकेको छैन ।

चावचावासीको एक सूत्रीय माग भनेको पानी नै हो । तर आजसम्म पनि त्यो माग पूरा हुन भने सकेको छैन ।

पहाडी भूभाग, सुख्खा ठाउँ भएकाले पानीको श्रोत पर्याप्त नहुँदा स्थानीहरूलाई पानीको समस्याले सताएको छ । तर करिब ३-४ किलो मिटर दुरीमा रहेको दुधपानी खोलाबाट गाउँमा पानी ल्याउने नगरपालिकाले योजना बनाएर पछि त्यो उनीहरूको समस्या समाधान हुने अपेक्षा स्थानीयले गरेका छन् ।

शनिवार नगर प्रमुख रमेश कार्की दूध पानीको मुहान पुगेका छन् । प्रमुख कार्की स्थानीयवासी सँगै प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला तथा वडाध्यक्षहरू दूधपानी खोलाको मुहान पुगेका थिए ।

नगर प्रमुख कार्कीका अनुसार नगरपालिकाले पाइपको व्यवस्थापनको काम अगाडि बढाइसकेको र बुधवारबाट काम सुरु हुने बताए । पहिलो चरणमा नगरपालिकाले पाइप उपलब्ध गराउने र सबै मिलेर चावचामा पानी ल्याउन लागि पर्ने उनको भनाई छ ।

काकाकुल अवस्थामा रहेको चावचामा पानी पुर्‍याउन नगर प्रमुख लागि पर्नु भएको स्थानिय नारायण दाहाल बताउँछन् । पानीको समस्याले सधैँ सताउने गरेको चावचा बासीको समस्यालाई समाधान नगरपालिका लागे परेको यसले चावचा बासिलाई राहत मिल्ने दाहालको भनाई छ ।

दूधपानी खोलाको पानी चावचा ल्याउने स्थानीयवासीको मागलाई नगर प्रमुख कार्की पूरा गराउन लागि पर्नु भएकोमा खुसी लागेको स्थानिय लोकबहादुर दाहाल बताउँछन् ।

chawacha-pani-mag