धरान : वडालाई नै लागू पदार्थ दुर्व्यसन रहित वडा बनाउन  धरान उपमहानगरपालिका वडा नम्बर ४ मा  दुई दिने सचेतना कार्यक्रम  सुरु भएको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर ४ को सहयोग र जनता मिडिया हव धरानको आयोजनामा उक्त दुई दिने सचेतना कार्यक्रम सुरु भएको हो । पहिलो दिनको सचेतना कार्यक्रम  शनिवार  वडा कार्यालयको भवनमा सम्पन्न भएको छ ।

वडालाई लागुपदार्थ रहित बनाउनको लागि धरान उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले दुई दिने लागूपदार्थ विरुद्धको दुई दिने सचेतना कार्यक्रम आयोजना गरिएको औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष धन बहादुर राईले बताए ।

उनले भने,‘विकराल वन्दै गएको लागूपदार्थ दुर्व्यसनलाई न्यूनिकरण गर्न प्रमुख काम भएको छ, त्यसैले स्थानीय सरकार, प्रहरी र वडावासी मिलेर यो अभियान हामीले सुरुवात गरेको हौँ, वेलैमा सचेत बन्न जरुरी छ, सबैसँगको सहयोग, सहकार्य र सल्लाह सुझाव सहित वडालाई दुव्र्यसन मुफत वडा बनाउन हामी प्रतिवद्ध रहेका छौ ।’

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रन्जन मिश्र  प्रमुख प्रशिक्षक, किरात याक्थुम चुम्लुङ पुर्नजीवन केन्द्र धरानका काउन्सीलर पर्वत राई, नेकपा एमाले जिल्ला सुनसरी सदस्य एवम् धरान उपमहानगर कमिटी इन्जार्च नारायण सुवेदीले सहभागिलाई प्रशिक्षण दिएका थिए ।

प्रहरी निरीक्षक मिश्रले लागूपदार्थ दुर्व्यसनको अवस्था र त्यसको असर बारेमा प्रशिक्षण दिएका थिए ।

प्रमुख प्रशिक्षक मित्रले भने,‘धरानमा सबै भन्दा बढी लागु पदार्थ दुर्व्यसनको मुद्धा प्रहरीले हेर्ने गरेको गरेको छ, दैनिक आधा दर्जन प्रयोग कर्ताहरूलाई प्रहरीले पक्राउ गर्दै आएको छ, त्यसैले लागु पदार्थ दुर्व्यसनकै कारण धरानमा झैँ झगडा र हिँसात्मक गतिविधि समेत बढ्ने गरेको हो।’

कार्यक्रमका प्रशिक्षक पर्वत राईले लागू पदार्थ दुर्व्यसनमा फसेकाहरूलाई कसरी पुनः जीवन दिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो भने युवा के हुन र युवाको जिम्मेवारी के हो भन्ने विषयमा नारायण सुवेदीले प्रशिक्षार्थीलाई प्रशिक्षण दिए ।

पहिलो दिनको सचेतना कार्यक्रमा वडा नम्बर ४ को हर्दिया, मनुवाटार, दानावारी,सुमनटार, खैरेनी,वसन्तटार र पत्रंगवारीका ३० जना किसोर किसोरीहरुको उपस्थितीमा भएको हो भने कार्यक्रमको अध्यक्षता आयोजक संस्था जनता मिडिया हव धरानका सल्लाहकार एवम् फोटो पत्रकार सङ्घ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले गरेका छन् ।

भोली(सोमबार) धरान वडा नम्बर ४ को गैरी गाउँमा दिउँसो दोस्रो दिनको कार्यक्रम आयोजना हुने आयोजक संस्था जनता मिडिया हव धरानले जनाएको छ ।