धरान : अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान शुभकामना सन्देश दिदैं कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनसँग जोड्दै श्रोतहरूको उच्चतम  प्रयोग गरी श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न साझा सङ्कल्प गर्ने दिन भएको उल्लेख गरेका छन् ।

मजदुर तथा श्रमजीवी वर्गको मजबुत एकताको बलमा अधिकार प्राप्तिको स्मरणमा हरेक वर्ष मनाइने श्रमिक दिवसको अवसरका नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै उच्च सम्मान प्रकट गर्दै शुभकामना सन्देशका श्रमिक दिवसले मजदुर वर्गमा उत्साह भर्ने विश्वास व्यक्त गरिएको छ ।

Khapung-PR-subakamana