इटहरी : लामो समय देखी सुस्ताएको तरुणदल जुरमुराउन थालेको छ । नेपाली काँग्रेसको प्रभावशाली जिल्ला मोरङको तरुणदल सक्रिय हुन थालेको हो । 
काँग्रेसको युवा भातृसंघ तरुण दल सुन्दरहरैँचाको सभापतिमा कमल ढुङ्गाना चयन भएका छन् । वैशाख १७ गते बसेको तरुण दल सुन्दरहरैँचाको बैठकले ढुंगानलाई सभापति बनाउने निर्णय गरेको हो ।
यसअघि सचिवको जिम्मेवारी सम्हालेका उनी पछिल्लो समय सक्रिय राजनीतिमा छन् । निवर्तमान सभापति प्रकाश श्रेष्ठ स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएपछि ढुङ्गानालाई नेतृत्व प्रदान गरिएको हो ।
सभापति चयन भएसँगै ढुङ्गानाले अब युवाहरूलाई समेटेर काँग्रेसको सङ्गठन विस्तारमा लाग्ने बताएका छन् । युवाहरू अवसर खोजिरहेको तर सङ्गठन चलायमान नहुँदा समस्या भएको बताउँदै उनले तरुणदलले बृहत युवा शक्ति तयार पार्ने बताए ।