काठमाडौँ : दस दलीय सत्ता गठबन्धनको मुख्य साझेदार कांग्रेस कोटाबाट नियुक्त भएका मन्त्रीत्रयको सपथ आज हुँदै छ।
काङ्ग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा सपथ गराउन लागेका हुन्।
नवनियुक्त मन्त्रीत्रयको सपथ समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए। यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए।
गठबन्धन दललाई मन्त्रालय भागबन्डा लगाउने क्रममा आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री प्रचण्डको काँधमा खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी छ।