धरान : सनसरी-१ को सबै चुनाव हारेर निराश भएका कार्यकर्ताहरूलाई झकझक्याउन नेपाली काँग्रेसले गएको शनिवार चुनाव क्षेत्रभर प्रशिक्षण कार्यक्रम गरेको छ । काँग्रेस क्षेत्रीय समितिले पार्टी निकट प्राध्यापक, शिक्षक, वुद्धिजीविको सहकार्यमा क्षेत्रा २७ वटा वडामा प्रशिक्षण सञ्चालन गरेको हो ।

नेपाली काँग्रेसले सुनसरी क्षेत्र नं. १ मा प्रशिक्षण अभियान सम्पन्न गरेको छ । काँग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल र नेपाल शिक्षक सङ्घको प्राविधक सहयोग र वडा कार्यसमितिको व्यवस्थापनमा क्षेत्र अन्तर्गतमा २७ सै वडामा वृहत प्रशिक्षण अभियानको आयोजना गरेको हो ।

congress meeting 1

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले भने ‘प्रशिक्षणले पार्टी कार्यकर्ताको खस्किदो मनोवललाई उच्च बनाउन र पार्टी जीवनमा नयाँ रक्त सञ्चार गराउन भूमिका खेलेको छ ।’ उनका अनुसार प्रशिक्षणमा काँग्रेसको इतिहास, विधान, नीति कार्यक्रम, सङ्गठन, नेताहरूको जीवनी लगायत विषय समावेश थिए ।

प्रशिक्षणमा हरिनाथ वास्तोला, डा. गोविन्द सुब्बा, गिरिराज आचार्य, डा. आनन्द आचार्य लगायतका पुराना नेताहरू समेत परिचालित गरिएको उनले बताए । क्षेत्रीय सभापति सुजेन्द्र तामाङ नेतृत्वको टोलीले प्रशिक्षण अभियानको अनुगमन गरेका थियो ।

congress

प्रशिक्षकहरू प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल शिक्षक सङ्घका शिक्षक, प्राध्यापकहरू थिए । पार्टीका प्रदेश महामन्त्री उमेश थापा, जिल्ला उपसभापति पङ्कज महतो, सचिव माधव घिसिङ, सहसचिव गणेश सुब्बा, महासमिति सदस्यहरू पर्वत राई, जगत कार्की र नारद राई, प्रदेशसभा सभापतिद्धय अनिल श्रेष्ठ र मुरारी भट्टराई, नगर सभापतिहरू श्याम पोखरेल, रमेश कार्की र सुदिप अधिकारी लगायत कार्यक्रममा सहभागी थिए ।

congress1