धरान : प्रदेशका नाम कोशी खारेज गरी पूनः नामाङनको माग गर्दै हिजो झापाको दमकमा गरिएको राँके जुलुस माथि प्रहरीले गोली प्रहार गरेको निन्दननीय घट्नाप्रति संयुक्त सङ्घर्ष समितिले घोर भर्त्सना गरिएको छ ।

घट्नामा गोली प्रहारबाट चुलाचुली १ का गजेन्द्र फोगो लिम्बुको देब्रे खुट्टाको घुँडोमा गम्भीर चोट लागेको छ । विर्तामोड झापाकी निर्मला क्षेत्री लिङ्देनको दाहिने हातमा पाखुरादेखि हत्केलासम्म विभिन्न ठाउँमा गम्भीर चोट लागेको छ ।

प्रहरी आक्रमणबाट उर्लाबारीका सूर्य माझी र मातृका धिमाल पनि घाइते भएका छन् । घाइते गजेन्द्र फागो लिम्बुको लाइफ लाइन अस्पतालले बिएमसी अस्पतालमा रेफर गरी शल्यकृया गरिएको छ । निर्मला क्षेत्री लिङ्देनको नयाँ आम्दा अस्पतालले बिएमसीमै रेफर गरेर उपचार भइरहेको छ ।

उक्त घट्नालाई सङ्घर्ष समितिले जारी गरेको वक्तव्यमा राज्य पक्षबाट आन्दोलनमा घुसपैठ गराई मुठमेडको वातावरण सिर्जना गरी प्रहरीले गोली चलाएको आरोप लगाएको छ । वक्तव्यमा भनिएको छ ‘शान्तिपूर्ण आन्दोलमाथि निरङ्कुश पञ्चायती शैलीमा लोकतान्त्रिक सरकारले मानव अधिकारको उलङ्घन गर्दै आन्दोलनकारीमाथि प्रहरीको हतियारबद्ध दमनको घोर भर्त्सना गर्दछौँ ।’

province

यसरी नै सरकार निहत्था जनतामाथि जाइलागेमा त्यसको प्रतिरोधमा उत्रिन बाध्य हुने र त्यसले निम्त्याउने दुष्परिणामको जिम्मेवारी सरकार स्वयमले लिनुपर्ने चेतावनी पनि वक्तव्य मार्फत दिइएको छ । शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षबाट हुने यस प्रकारको नृशंस दमनको अनुगमन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीहरूमा हार्दिक अपिल पनि गरिएको छ ।

आन्दोलनको कार्यक्रम अनुसार ‘कोशी’ नाममा हस्ताक्षर गर्ने सांसद र उनीहरू सम्बद्ध राजनीतिक दलका नेता विरुद्ध विरोध जारी बहिष्कार र विरोधलाई अझ सशक्त बनाउन झापाको दमकमा साङ्केतिक राँके जुलुस प्रदर्शन गरिएको जनाउँदै प्रदर्शन सफल भएको वक्तव्यमा उल्लेख छ ।

province 1 letter