धरान :  लिम्बू विद्यार्थी मञ्चको अध्यक्षमा नितेश सिंगक  लिम्बू निर्विरोध निर्वाचित भएका छन् ।  लिम्बूवानको तेह्रथुम जिल्ला सदरमुकाम म्याङलुङमा वैशाख २५ र २६ गते चलेको दसौँ राष्ट्रिय महाधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

महाधिवेशनले नितेशको अध्यक्षतामा ११ सदस्य केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राम लिङ्दम, उपाध्यक्षव्दयमा सागर सरगम चेम्जोङ र रेखा लावती सर्वसम्मत चयन भएका छन् ।

महासचिवमा प्रदिप नेयोङ याक्थुङ्बा, उप-महासचीवमा श्री लिङखिम, सचिव मेरिना लिम्बू र मनु मावो र कोषाध्यक्षमा सृष्टि खापुङ निर्वाचित भएकी छन् । सदस्यहरूमा उदिप लाओती लिम्बू र यशोदा थक्लुङ  लिम्बू निर्वाचित भएका छन् ।

 लिम्बूजन्य सङ्गठन, संस्थाहरू कोशी नाम खारेजी, पुनः नामाकरणको आन्दोलनमा होमिएको बेला  लिम्बू विद्यार्थीहरूको राष्ट्रिय महाधिवेशन भएको हो । महाधिवेशनमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय महासचिव निरन्ति तुम्बापो प्रमुख अतिथि थिइन् ।

उनले  लिम्बूवानका सबै सङ्गठनहरू कोशी नाम खारेजीको आन्दोलनमा होमिएको बेला लिम्बु विद्यार्थी मञ्चमा निर्वाचित नयाँ युवा विद्यार्थी नेतृत्वले आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन थप भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

nitesh singh