वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले १० वटा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन प्रदान गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० सालको वार्षिक स्वीकृत कार्यक्रमबाट नगर शिक्षा युवा तथा खेलकुद शाखा मार्फत बिद्यालयहरुलाई ३२ इन्चको टेलिभिजन वितरण गरेको हो ।

बिहिबार उक्त टेलिभिजन नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, नगर शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव देवेन्द्रबहादुर मल्लले विद्यालयका प्रध्यानाध्यापकहरुलाई हस्तातरण गरेका छन् ।

बालबालिकाहरूलाई मल्टिमिडिया मार्फत शिक्षण सिकाई, अभ्यास गराउन वराहक्षेत्र-१ भगवती आधारभूत विद्यालय, वडा नं १ को सिंहदेवी आधारभूत विद्यालय, वडा नं ४ भगवती आधारभूत विद्यालय, वडा नं ६ बालसेवा आधारभूत विद्यालय, वडा नं ६ जनता आधारभूत विद्यालय त्यस्तै वडा नं ७ हनुमानझोडा आधारभूत विद्यालय, वडा नं ९  ज्ञानज्योति आधारभूत विद्यालय, वडा नं ९ कौशीका आधारभूत विद्यालय, वडा नं १० नवदुर्गा आधारभूत विद्यालय, वडा नं १० रामधुनी आधारभूत विद्यालय, वडा नं ११ धनजित आधारभूत विद्यालय र वडा नं ७ सप्तकोशी वालबिकाश केन्द्रलाई टेलिभिजन वितरण गरेको नगर शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत उत्तम भारतीले बताए ।