धरान : मोरङको ग्रामथान गाउँपालिका-६ विराट चौकमा बुधवार टिप्परले ठक्कर दिँदा स्कुटर चालक झापा अर्जुनधारा नगरपालिका-७ का ४२ वर्षीय जीवन दाहालको घटनास्थलमै मृत्यु भएको छ ।
बिराटचोक सडक खण्डमा दिउँसो भएको घट्नामा प्रदेश १९०५९००१ प ३८६० नम्बरको स्कुटरलाई बा. प्र.०३९००१ ख ७४०२ नम्बरको टिप्परले ठक्कर दिएको हो ।
बुधवारै रङ्गेली नगरपालिका-५ मा प्रदेश १९०२९०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि बसेकी रतुवामाई-५ की ५० वर्षीय मानकी देवी साह घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागि विराटनगर गोल्डेन अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न टिप्पर चालक २८ वर्षीय सुरज कुमार माझी र मोटरसाइकल चालक दिनेश कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।