धरान : लागुऔषध नियन्त्रण अभियानको क्रममा बुधवार झापामा एक भारतीय सहित ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध ब्राउन सुगर सहित पक्राउ पर्नेहरूमा मेचीनगर-५ मा चेकजाँच गर्दा भारत दिनापुरका २५ वर्षीय रञ्जित वर्मन र पाँचथर याङवरक गाउँपालिका-५ का २६ वर्षीय दीपक लोक्समलाई पक्राउ परेका छन् ।
मे. १० प ६९०७ नम्बरको मोटरसाइकलमा रहेका दीपक र भारतीय युवा वर्मनबाट १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसै गरी दमक नगरपालिका-३ का ३२ वर्षीय ललित तामाङलाई २ ग्राम ब्राउन सगर सहित वाघखोरको प्रहरी टोलीले पक्राउ गरेको छ । दमक-९ का २२ वर्षीय सबिन सुनामलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।