विराटनगर : विराटनगर-५, मुनालपथमा रहेको विद्या भूमि स्कुलमा विद्यार्थीहरूले आफ्नो नेता छान्न शुक्रवार मतदान गरेका छन् ।
विद्यालयको हेड गर्ल र हेड ब्वाई छान्नका लागि शुक्रवार मतदान गरेका हुन् । कक्षा २ देखि १० सम्मका दुई सय बढी छात्र छात्रा मतदानमा सहभागी भए । 
विद्यार्थीलाई मतदान बारे जानकारी दिन र नेता छान्ने प्रक्रिया बुझाउनका लागि मतदान गरिएको विद्यालयका प्रिन्सिपल पराग ढुङ्गानाले बताए । विद्यालयमा मतदान गरेर नेता चयन गर्दा विद्यार्थीले निर्वाचन र मतदान कसरी गर्ने भन्नेबारे व्यवहारिक ज्ञान पाउने उनले बताए । 
विद्या भूमि स्कुलले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र जीवनोपयोगी सीप सिकाउँदै आएको प्रिन्सिपल ढुङ्गानाको भनाइ छ । विद्यार्थीको कक्षा र उमेर अनुसार उसले जान्ने पर्ने सीपहरू विद्यालयले दिँदै आएको उनले बताए ।
BRT-school-2