धरान : मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँमा बस र म्याजिक भ्यानले दोहोरो ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङको लेटाङ गाउँपालिका-५ का ३२ वर्षीय विजय मगरलाई उपचारको क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो छ । जिल्ला प्रहरी कार्यालय मोरङले दुर्घटना शुक्रवार राती सवा ८ बजे भएको जनाएको छ ।
पूर्व पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको मे १ ख ३२५२ नम्बरको बसले पूर्वबाट आउँदै गरेको प्रदेश १-०२-०५२ प ३५१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । लगत्तै को १ ज ३५०५ नम्बरको म्याजिक भ्यानले पुनः सोही मोटरसाइकल लाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते मोटरसाइकल चालकलाई उपचारका लागि सोही राती विराटनगर कोशी अस्पतालमा पुर्‍याइएपछि मृत्यु भएको हो । बस र बस चालक मोरङको विराटनगर-४ का ४३ वर्षीय दीपक बुर्जा मगर र म्याजिक भ्यान सहित म्याजिक चालक मोरङ सुन्दरहरैचा-६ का २८ वर्षीय गोपाल भुजेललाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।