धरान : कोशी प्रदेश नाम खारेजी आन्दोलनको क्रममा आज धनकुटा पाख्रिबास नगरपालिका किरात राई यायोख्खा नगर समितिका अध्यक्ष जितेन्द्र राई र उपाध्यक्ष अमृत राईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज धनकुटाका सरकारी कार्यालयहरूको साइनबोर्डहरूमा लेखिएको ‘कोशी प्रदेश’ मेटाउने अभियान चलाएको थियो ।

सङ्घर्ष समितिका सदस्य किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष कमल तिगेला लिम्बुका अनुसार साइन बोर्डहरूमा लेखिएको ‘कोशी प्रदेश’मा कालो पोत्ने कार्यक्रम सकेर घर फिर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा पुर्‍याएको छ । आन्दोलनकारी पक्राउको विरोध गर्दै सङ्घर्ष समितिले बिना सर्त तत्काल रिहाइको माग गरेको छ ।

dhankuta-1-name-change-1