धरान : कोशी प्रदेश प्रदेश योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । उक्त निर्णय आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको हो ।अर्थशास्त्रका प्राध्यापक उप्रेती महेन्द्र रत्न क्याम्पस ताहाचल काठमान्डुमा प्राध्यापन गर्दै आएका थिए । उनी त्रिभुवन विश्व विद्यालयको पूर्व रजिस्ट्रार हुन ।

मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमा गर्न मुख्य न्यायाधिवक्तासँग थप कानुनी परामर्श लिएर सरोकारवालासँग छलफल गर्न विधेयक सामाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरीषदको कार्यालयले जनाएको छ ।