धरान : पार्टी विभाजन गरी नेता, कार्यकर्ता अन्य पार्टीमा लागेपछि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,  सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चका नेता कुमार लिङदेन मिराकले पार्टीमा नयाँ पदाधिकारी चयन गरी पुनर्गठन गरेका छन् ।

मञ्चको बहुमत सदस्यले अध्यक्ष कुमार लिङ्देनलाई नै कारबाही गरेको भन्दै पार्टी वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ सहितका नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा विलय भएपछि पार्टी विभाजित भएको हो ।

मञ्चको सुनसरी जिल्ला अध्यक्ष अमर इजम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि नेतृत्व विहीन भएको सुनसरी जिल्ला समितिलाई राजकुमार वनेम प्रिन्सको अध्यक्षतामा ३५ सदस्यि नयाँ कार्यसमिति पुनर्गठित गरिएको छ । जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र सुक्वाबालाई चयन गरिएको छ ।

उपाध्यक्षहरूमा सरस्वती सुब्बा, कृष्ण लिङदेन, डम्बर थक्लुङ, बुद्ध वनेम लिम्बु, विनोद लिम्बु छन् । सचिवत्रयमा प्रतीक ओख्राबो, पवित्रा लिम्बु, दिवस लिम्बु चयन भएका छन् । सहसचिव डिल्ली लुङयुङवा र कोषाध्यक्षमा प्रकाश इधिङ्गो चयन भएका छन् ।

सदस्यहरूमा बलबहादुर लिम्बु, याम लिम्बु, अर्जुन लिम्बु, सुगाहाङ लिम्बु, साईमान लिम्बु, सरिता अधिकारी राई, निस्ता वनेम, दीपक लिम्बु, दिलिता सम्वाहाम्फे, सावित्रा लिम्बु सुक्वाबा, दिलकुमारी लिम्बु, रामबहादुर मादेन, बलबहादुर मादेन छन् ।

यसैगरी बलबहादुर लिम्बु, हर्कजंग लिम्बु, महेन्द्र सम्वाहाम्फे, राजेन्द्र लावुङ, मो.जलिन मन्सुरी, इन्द्रबहादुर नेम्वाङ, गफुर मिया, निसाम लिम्बु, निर्मला सुहाङ, दीपेन्द्र लिङदेन र कृष्ण हुक्पाचोङवाङ सहित ३५ सदस्यीय समिति पूनःगठन गरिएको हो ।

यसैगरी पार्टीको धरान उपमहानगर समिति अध्यक्ष सञ्जुहाङ साँवा माओवादीमा प्रवेश गरेपछि कार्यवाहक चलाउँदै आएका मोहनप्रसाद तिगेलालाई नगर अध्यक्ष चयन गर्दै उनको नेतृत्वमा १९ सदस्यीय उपमहानगर समिति पूनर्गठित गरिएको छ ।

नगर समितिका वरिष्ठ उपाध्यक्ष धनेश्वर श्रेङ चोङवाङ लिम्बु , उपाध्यक्षहरू टेबहादुर हुक्पा चोङवाङ, रामकुमारी लिम्बु चयन गरिएका छन् । सचिव छत्र लावती, सहसचिवद्वय पवित्र कन्दङवा र अस्मिता लिम्बु छन् । कोषाध्यक्षमा किशोर लिम्बु चयन भएका छन् ।

सदस्यहरूमा दिला वनेम, प्रेम सम्वाहाङ्फे, वीर बहादुर लिम्बु, अर्जुन थलङ, अम्बर बहादुर तुम्वाहाङ्फे, चित्रणी लिम्बु, गङ्गा आङदेम्वे, मोतीराज वनेम, सरस्वती लिम्बु, दिनु लिम्बु, निशा तुम्वाहाङफे रहेको केन्द्रीय उपमहासचिव भूपेन्द्र सुन्दर लावतीले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टीको केन्द्रीय समितिमा सुनसरीबाट तीर्थ मादेन, नरबहादुर चोङवाङ क्याक, तेजबहादुर लिम्बु, निरध्वज लिम्बु केन्द्रीय सदस्य मनोनीत भएका छन् ।