धरान : नेपाली काँग्रेस सुनसरी-१ क्षेत्रिय समितिले पार्टी भित्रको असन्तुष्टिलाई न्यूनीकरण गर्दै एकता सुदृढ बनाउन मेलमिलाप अभियान चलाउने जनाएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, नगर सभापति श्याम पोखरेल, पूर्व नगर प्रमुख तिलक राई, पूर्व नगर सभापति किशोर राई सहितको उपस्थितिमा बिहीबार भएको बैठकमा क्षेत्रिय सभापति सुजेन्द्र तामाङले उक्त जानकारी दिएका हुन् ।

सुनसरी-१ कार्यसमितिले गरेको निर्णय अनुसार अभियानमा कार्यकर्ताको घर घर गएर भएपनि एकता र मेलमिलाप सफल बनाउनुपर्नेमा बैठकका सहभागीहरुले जोड दिए । बैठक सभापति तामाङको अध्यक्षतामा भएको थियो ।

पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, मिना पुलामी, दलित संघ सभापति गोविन्द दर्नाल, रामधुनी नगर सचिव दोस्तीराम चौधरी, रमेश काफ्ले लगायतले छलफलमा कार्यकर्ताको असन्तुष्टि सम्बोधन गर्दै पार्टीमा मेलमिलाप बढाउनु पर्ने विचार राखेका थिए ।

congress.