इटहरी : इटहरी जेसिजको १ दिने क्षमता विकास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेतृत्व विकाशको लागि टिमको महत्त्व बारे प्रशिक्षण दिइएको हो ।
नेपाल जेसिजका वर्ष २०२३ का राष्ट्रिय तालिम समितिका सल्लाहकार कैलाश खाकी श्रेष्ठले प्रशिक्षण दिएका हुन् । युवाहरूमा नेतृत्व विकाश कसरी गर्न सकिन्छ र सफल नेतृत्वले गर्नुपर्ने आधारभूत कामको बारेमा उनले जानकारी गराए ।
जेसिजका ३५ जना सदस्यको सहभागितामा कार्यक्रम सम्पन्न भयो । इटहरी जेसिजका अध्यक्ष योगेन्द्र पौडेलका अनुसार जेसिजले निरन्तर रूपमा नेतृत्व विकाश र व्यक्तित्व विकाश सम्बन्धी विभिन्न तालीम गोष्ठी तथा सेमिनार गर्दै आएको छ ।
संस्थालाई चलायमान बनाउने र सदस्यहरूको क्षमतालाई समयानुसार वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।