इटहरी : सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा छोराको खुकुरी प्रहारबाट बाबु आमा गम्भीर घाइते भएका छन् ।  पारिवारिक झगडा बढ्दै गएपछि प्रमोद मेहताले बाबु  मधुलाल मेहता र आमालाई  खुकुरी प्रहार गरेका हुन् ।

घाइते मेहता दम्पतीलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताए । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी विराटनगर रेफर गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ढकालले जानकारी दिए ।