धरान : ज्येष्ठ नागरिक, बालकालकालाई प्राथमिकता दिएर होटेल सेछले शनिवार १२७ जनाको निःशुल्क आँखा रोगको परीक्षण गरिदिएको छ ।
परीक्षण गरिएकाहरूलाई उनीहरूको आँखामा समस्या आउनुको कारण पत्ता लगाएर थप उपचारका सुझाव दिइएको छ ।
धरान-१५ स्थित होटेल सेछमा भएको शिविरमा ज्येष्ठ नागरिकका साथ बालकालकालाई प्राथमिकता दिइएको थियो ।
शिविरमा मोतिया विन्दुका १६, चस्मा चाहिने २४, थप जाँच्नु पर्ने ५४, कमजोर दृष्टिका १९, एक्स-रे गर्नुपर्ने १०, शल्यक्रिया गर्नुपर्ने ११ जनाको रोग पहिचान गरिएको वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इच्छा जोशीले बताइन् ।
उनी धरान-१२ स्थित सूर्य आई केयर आँखा अस्पतालको प्रमुख हुन । अस्पताल सँगको सहकार्यमा होटेल सेछले शिविर आयोजना गरेको हो ।
शिविरमा भिजन टेष्ट, चस्मा परीक्षण, प्रेसर टेष्ट, सुगर टेष्ट, निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरबाट अस्पताल सम्म पहुँच पुग्न नसकेका बिरामीहरूले सुविधा पाएको कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठले बताए ।
शिविरमा सामाजिक अभियानका अध्यक्ष विष्णु बराल, महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष शिला वज्रचार्य, सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठ, धरान जेसीजका पूर्व अध्यक्ष अतुलदिप श्रेष्ठ र मनिष साही  लगायतका उपस्थित थिए ।
eye-care-camp-2