वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले नगर भित्र रहेका क्रियाशील पत्रकारहरूको परिवारको स्वास्थ्य बिमा र पत्रकारहरूको दुर्घटना बिमा गर्ने नगर प्रमुख रमेश कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार नगरपालिकाले पत्र कारहरूसँग राखेको भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले स्वास्थ्य बिमा र दुर्घटना बिमाको माग गरे पछि नगर प्रमुख कार्कीले उक्त मागलाई तत्कालै पूरा गर्ने प्रतिबद्धता जनाए ।

नगरपालिकाको सभाहलमा आयोजना भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सहभागी पत्रकारहरूले आ-आफ्नो धारणा राखेका थिए । पत्रकारिताको विकाससँगै नगरपालिको समस्या, चुनौती र अवसरको बारेमा समेत पत्रकारहरूले नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

नगरबासीले भोग्दै आएका समस्यासँगै समाधानको बारेमा समेत पत्रकारहरूले धारणा राखेका थिए । पत्रकार विजय राउतले स्थानिय मिडिया हाउसलाई अनुदान र मिडिया विकासमा नगरपालिकाले नीति बनाउनु पर्ने जोड दिएका थिए भने पत्रकार बाबुराम कार्कीले पत्रकारहरू र पत्रकारको परिवारको सदस्य बिरामी हुँदा स्वास्थ्य उपचारमा सहयोग र नगर भित्र मिडिया सेन्टरको भवन निर्माण आवश्यक रहेको बताएका थिए ।

पत्रकार सन्तोष गुप्ताले नगरपालिका बनेको ७ वर्ष पछि यसरी पत्रकारलाई निमन्त्रणा गरेर अन्तरक्रिया गरिनु खुसीको कुरा भएको बताएका थिए । कार्यक्रममा पत्रकार मनोज बिष्ट, छबिना मगर, हिरण्य कार्की, लक्ष्मण कटुवाल, अर्जुन श्रेष्ठ, राजन घिमिरे, सुदन गुरागाईँ लगाएले आ-आफ्नो धारणा राखेका थिए ।

नगर प्रमुख कार्कीले सहभागी पत्रकारहरूले राखेको भनाइको जबाफ दिँदै नगरवासीलाई स्थानिय सरकारको महसुस हुने गरी काम गर्ने बताएका थिए । नगर प्रमुख कार्कीले शिक्षा, स्वास्थ्य, धार्मिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरी रहेको छ । समृद्ध नगरपालिमा बनाउन सबैको सल्लाह, सहयोगको आबश्यक्ता रहेको बताए ।

आग्रह पूर्वाग्रह नराखी काम गरी रहेको समेत कार्कीले दाबी गरेका थिए । मिडिया सेन्टर बनाउन र पत्रकारिताको विकासकालागि आवश्यक काम समेत गर्ने नगर प्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋद्बी प्रकाश सिटौला, लेखा अधिकृत वीरेन्द्र यादव, सामाजिक शाखा प्रमुख कार्यक्रम संयोजक अरुण मेहताको उपस्थिति रहेको थियो ।