धरान : सुनसरी जिल्ला जुडो सङ्घको आयोजनामा पोखरामा सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल तथा सहभागी खेलाडीहरूलाई सम्मान गरिएको छ । 

असार १ गते बिहान धरान-१६ स्थित जुडो सङ्घको भवन रङ्गशालामा औपचारिक कार्यक्रम आयोजना गरी खेलाडीहरूलाई सम्मान गरिएको हो । धरानबाट जम्मा ५ जना खेलाडी सहभागी मध्ये दिपिका अचार्जू, दिव्या लिम्बू र सुमन्ता राईले तृतीय मेडल रजत पदक प्राप्त गरेका थिए । कार्यक्रममा प्रशिक्षक रोशनी राई सहित रिस्ता राई र राहुल भुजेललाई समेत सहभागी सम्मान गरिएको हो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाको उप-प्रमुख अईन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा खेलाडीहरूलाई सम्मान गरिएको हो । उप-प्रमुख बेघाले सम्मानित खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा धरान उपमहानगरपालिकाले जुडो खेललाई सम्बोधन हुनेगरी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

सुनसरी जिल्ला जुडो सङ्घले यही आउने आर्थिक वर्षमा कोशी प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने सचिव रिकेश विश्वकर्माले बताए । निष्क्रिय रहेको जुडो सङ्घ हाल धरान उपमहानगरपालिकाका प्रवक्ता तथा १७ न वडा प्रमुख सूर्य बहादुर भट्टराई (मनोज) ले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

कार्यक्रममा कुरास सङ्घका वरिष्ठ उपाध्यक्ष तथा नेकपा एकीकृत समाजवादी नेता जीवन राई, माओवादी युवा नेता फोक्वाहाङ्ग लिम्बू चोत्लुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

judo-khaladi-samman-2