धरान : धरानमा हालै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले शुक्रवार धरानका धार्मीकस्थलहरुमा झाडु लगाएर सरसफाइ गरेका छन् । 
पार्टी गठन भएको एक वर्ष पुरा भएको अवसरमा सामाजिक कार्यगरी वार्षिकोत्सव मनाउने केन्द्रीय निर्देशन अनुसार सरसफाइ कार्यक्रम गरिएको पार्टीका धरान नगर संयोजक राजेशमान श्रेष्ठले बताए ।
उनका अनुसार वार्षिकोत्सव मनाउँदै कार्यकर्ताहरूले धरानका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिर परिसरका फोहोर मैला सरसफाइ गरेका छन् । 
बिपी प्रतिष्ठानलाई छाता ऐनमा गाभ्ने सरकारको तयारी विरुद्ध साङ्केतिक कार्यक्रम पनि गरिएको उनले बताए ।
यसैगरी वार्षिकोत्सवको अवसरमा धरान-११ वडा कमिटी गठन, दुर्व्यसन विरुद्ध जनचेतना, वृक्षारोपण, वडा १३ समिति कार्यालय उद्घाटन, दीप प्रज्वलन र रक्तदान कार्यक्रम आयोजना गरिने संयोजक श्रेष्ठले बताए ।
यस अघि पार्टीको ७ वटा वडा कमिटी गठन भइसकेको उनले जानकारी दिए ।
raswapa-sarasafai-2