वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेटको विषयमा राजनैतिक दल र सरोकारवाला सङ्घ संस्थाहरूसँग छलफल गरेको छ ।

बुधवार नगर प्रमुख रमेश कार्कीको अध्यक्षतामा आयोजना भएको छलफलमा आगामी वर्ष नगरपालिकाले तयार गर्ने नीति तथा कार्यक्रम र प्राथमिकताका योजना बारे छलफल समेत भएको थियो ।

छलफलमा सहभागीहरूले शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार, कृषि, पशु, पूर्वाधार विकास, आर्थिक विकाश सुशासन तथा क्षमता विकास , खानेपानी, उद्योग, वन वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने धारणा राखेका थिए ।

नगरपालिकाले दिर्घकालिन महत्त्व बोकेका योजनालाई प्राथमिकता दिएर उत्पादनमूलक कार्यमा जोड दिनुपर्ने धारणा राखेका थिए ।

छलफलमा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, खेलकुद युवा तथा शिक्षा समितिका प्रमुख उप सचिव देवेन्द्रबहादुर मल्ल, नेपाली काङ्ग्रेस वराहक्षेत्र नगर समितिका उपसभापति जितबहादुर कार्की र सचिव हरिकृष्ण भट्टराई, नेकपा एमाले वराहक्षेत्र नगर कमिटी सचिव राजेन्द्र कार्की, नेकपा माओवादी केन्द्र वराहक्षेत्र इन्चार्ज पुष्प ढुङ्गाना र कोषाध्यक्ष लंकमान विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी वराहक्षेत्र संयोजक कल्याण विष्ट, सचिव रबिन बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टी वराहक्षेत्र नगर सचिवालय सदस्य इन्द्रबहादुर भुजेल, नेकपा एकीकृत समाजवादी पार्टीका वराहक्षेत्र अध्यक्ष चन्द्र मगर, जिल्ला सदस्य परशुराम आचार्य उद्योग वाणिज्य सङ्घ वराहक्षेत्र कोषाध्यक्ष तुलसी श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ वडा नं १ र २ अध्यक्ष कृष्णप्रसाद कट्टेल, चक्रघट्टि जेसीजका कार्यकारी उपाध्यक्ष शिशिर तामाङ, नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगर उपशाखाका सभापति कालुराम चौधरी र सचिव पदम माझी, लायन्स क्लब अफ सप्तकोसीका अध्यक्ष सन्तोष चौलागाई लगाएको उपस्थिति रहेको थियो ।