धरान : बन पैदावार हानि नोक्सानी पुर्‍याएको मुद्दामा दोषी साबित भई कैद सजाय सुनाइएका फरार घोषित धरान-५ निसानेका ३२ वर्षीय प्रदीप खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

वन पैदावार हानि नोक्सानी मुद्दामा सुनसरी जिल्ला अदालतले उनलाई दोषी ठहर्याउदै २०७८ साल भदौ १६ गते फैसला सुनाएको थियो । फैसला अनुसार अदालतले खत्रीलाई २ महिना १० दिन कैद सजाय तोकेको थियो ।

उक्त फैसला भुक्तान नगरी खत्री फरार रहेकोले फैसला लगत नम्बर ११५८ कैद सजाय हुन सकेको थिएन । उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ प्रहरीले सुनसरी जिल्ला अदालतमा दाखिला गरेको हो ।

दाखिला लगत्तै खत्रीलाई अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । खत्रीलाई कोसी प्रदेश प्रहरी कार्यालयको पीआइटी समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।