धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमबिबिएस तेस्रो वर्षका विद्यार्थीहरूको समुह अभ्युदयको आयोजनामा अभ्युदय स्पोर्ट्स फेस्ट २०२३ गएको बिहिबार देखि सञ्चालन भइरहेको छ ।
स्पोर्ट्स फेस्टको शनिवार भएको महिला बास्केटबल अन्तर ब्याच प्रतियोगीतामा डाक्टर्स टिम विजयी भयो । महिला तर्फ डक्टर्स टिमले फस्ट इयर टिमलाइ १७-६, आयोजक ब्याच अभ्युदयले ब्याच २०२३  लाई २४-० अङ्कको अन्तरले पराजित गरेको हो ।
यसैगरि सोही दिन दुई खेल खेलेका पुरुष तर्फ डक्टर्स टिमले ब्याच २०२३ टिमलाइ ४५-४ र  ब्याच २०२२ टिमलाइ ३९-८ अङ्कले पराजित गरेका छन् । साँझ भएको अन्तिम खेलमा ब्याच २०१८ टिमले ब्याच २०२१ टिमलाइ १४-० अन्तरले पराजित गरे ।
बिपी प्रतिष्ठान स्पोर्ट्स कमिटीका हार्दिक गोयलका अनुसार स्पोर्ट्स फेस्टमा क्रिकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड, अनलाइन गेम पबजी, सिओडी र फिफा गेम चलिरहेका छन् ।
बास्केटबल खेलमा महिला र पुरुष तर्फ ६/६ टिम रहेको छ । बास्केटबल तर्फको फाइनल खेल भने बुधबार हुने गोयलले बताए । आजको खेल महिला तर्फ सेकेन्ड इयर विरुद्ध जुनियर फस्ट इयर  र सिनियर फस्ट इयर विरुद्ध फोर्थ इयर ब्याचले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्राविधिक सहयोग धरान बास्केटबल संघको रहेको छ ।