वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाको शनिबार सम्पन्न वाहौं नगर सभाको उद्घाटन सत्रमा कर्मचारी, पत्रकार, जेष्ठ नागरिक र खेलाडीलाई सम्मान गरिएको छ ।

वराहक्षेत्र नगरपालिकाबाट सेवा निवृत्त हुनुभएका सब-इन्जिनियर शिब नारायण मण्डर र वडा नं २ का वडा सचिव गोपाल शर्मालाई नगरपालिकाले बिदाईसंगै सम्मान गरेको हो । त्यस्तै लिला श्रेष्ठ र लेखापाल रामनारायण चौधरी उत्कृष्ट कर्मचारीको रूपमा नगद सहित दोसल्ला र सम्मान पत्रले सम्मानित भएका थिए ।

पत्रकार सन्तोष गुप्तालाई पत्रकारिताको माध्यमबाट नगरको विकासमा भूमिका खेलेको र पत्रकार बिजय राउतलाई मिडिया गृह सञ्चालनमा ल्याएर पत्रकार उत्पादन र मिडिया विकासमा भूमिका खेलेकाले नगरपालिकाले नगद दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको छ ।

त्यस्तै जेष्ठ नागरिकहरुलाई नगद, दोसल्ला र सम्मान पत्र सहित फलफूल र स्वास्थ्य परिक्षण गरेर सम्मान गरेको छ । रामेछापमा सम्पन्न राष्ट्रिय डुङ्गा दौड प्रतियोगितामा वराहक्षेत्रमाबाट सहभागी भएर विजेता हुने खेलाडीलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो । नगर भित्र रहेर कराते, ब्याटमिन्टन, तेक्वान्दो र क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी र प्रशिक्षकहरूलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

kheladi samman 4kheladi samman 3