धरान : कोशी नामकरण खारेजीको आन्दोलनकारी, पहिचानवादी र कोशी प्रदेश सरकार बिचको बार्तामा जाने टोलीमा प्रतिनिधित्वलाई लिएर पहिचानवादीहरू बिच नै विवाद उत्पन्न भएको देखिएको छ। संयुक्त सङ्घर्ष समितिमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) को सहभागिता र बार्ता टोलीमा प्रतिनिधित्वका विषयमा विवाद उत्पन्न भएको हो।

उक्त विवादकै कारण संयुक्त सङ्घर्ष समितिले प्रदेश सरकारसंगको बार्ता प्रेस वक्तव्य मार्फत ‘वार्तामा बस्न नसकिने’ भन्दै भंग गरेको छ । समितिमा विवाद उत्पन्न भएपछि नागरिक उत्मुक्ति पार्टीलाई पनि प्रदेश सरकारले छुट्टै पत्र लेखेर संयुक्त सङ्घर्ष समितिसंगै बस्ने गरी असार १३ गते एकै मिति, स्थान र समयमा बार्तामा बोलाएको छ।

प्रदेश मुख्यमन्त्री कार्यालयको उक्त पत्र सार्वजनिक भएपछि सङ्घर्ष समतिले ‘अर्को पक्ष’ संग पनि बार्ता गर्ने जानकारी सार्वजनिक भएकोले ‘वार्ताको वातावरण अन्योलपूर्ण’ बनाएको आरोप लगाउँदै बार्ता भंग हुनुको कारण बनाएको छ।

नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का नेता अमर इजमले भने ‘सङ्घर्ष समिति बार्तामा नगए पनि हामी (नागरिक उन्मुक्ति पार्टी) हामी बार्तामा जान्छौँ।’

उनले संयुक्त सङ्घर्ष समिति पहिचानवादीहरूको भएको र त्यसमा नागरिक उन्मुक्ति पार्टी पनि सदस्य रहेको दाबी गरे।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानबाट भर्खरै नागरिक उन्मुक्ति पार्टीमा एकीकृत भएका इजमले सङ्घर्ष समिति एक पाटी, एक नेताको इशारामा चलेको आरोप लगाउँदै भने ‘सङ्घर्ष समिति कुनै एक जना नेताको इसारामा चल्नु हुँदैन।’

koshi naam kharez