इटहरी : नियमित भजनकिर्तन हुने इटहरी उपमहानगरपालिका भित्रको वृद्ध चौतारीमा बुधवार हाजिर जवाफ चल्यो । रामाईलो र ठट्यौली गर्दै वृद्धवृद्धाहरु प्रश्नको उत्तर दिइरहे । महिला र पुरुषको दुई वटा समूह बनाई खुल्ला रूपमा चलेको हाजिर जवाफमा वृद्धवृद्धाहरु खुबै रमाए ।

इटहरी जेसीजको सप्ताह व्यापी कार्यक्रमको पाँचौदिन धार्मिक हाजिर जवाफ लाई समेटेको हो । हाजिर जवाफ प्रतियोगितामा प्रश्नको उत्तर दिने सम्पूर्ण वृद्धवृद्धालाई पुरस्कृत गरिएको कार्यक्रम संयोजक खगेन्द्र खतिवडाले बताए । २२ जना वृद्ध वृद्धालाई पुस्तक, हर्लीक्स लगायत उपहार प्रदान गरिएको उनले जानकारी दिए ।

घर बाहिर रमाउने वातावरण सृजना गर्नको लागि वृद्धवद्धालाई जेसिज सप्ताहमा समेटिएको खतिवडाको भनाई छ । सय जनालाई खिर, खुवा र फ्रुटी खुवाएर खुसी साटासाट गरिएको उनले सुनाए ।

bridha