झापा : सडक निर्माणको क्रममा करेन्ट लागेर झापाको बिर्तामोड नगरपालिका-२ मा आज बिहान एक जना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-३ सैनिक मोडका ४० वर्षीय धनबहादुर राजवंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
घैलाडुब्बा-बिर्ता बजार सडक खण्ड अन्तर्गत बिर्तामोड-२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।