इटहरी : गत स्थानीय तहमा नेपाली काँग्रेस इटहरीको घोषणापत्र लेखन समिति संयोजक मनु मञ्जिल रास्वपा प्रवेश गरेका छन् ।

शनिवार इटहरीमा रास्वपा केन्द्रीय सदस्य हरि ढकालले कवि मनु मन्जिललाई सदस्यता प्रदान गरेका हुन् ।

परिवर्तनको पक्षमा जनता रहेको तर पुराना पार्टीले जनताको भावना बुझ्न नसकेको कारण रास्वपा प्रवेश गरेको उनले प्रतिक्रिया दिए । रास्वपा बाट युवा र परिवर्तन पक्षधरको मतलाई संस्थागत गर्न लागिपर्ने बताए ।

समय सुहाउँदो नेतृत्व अहिलेको आवश्यकता भएको बताउँदै उनले समयको मागको पक्षमा लाग्ने धारणा व्यक्त गरे ।

इटहरीका बौद्धिक व्यक्तित्वको रूपमा परिचित मनु मञ्जिल राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कवि हुन । ल्याम्पपोस्टबाट खसेको जुन उनको बहुचर्चित कविता सङ्ग्रह हो ।