धरान : कक्षा ८ देखी एसइई दिएर बसेका विद्यार्थीहरूलाई सहभागी गराउँदै होलील्याण्ड इन्टरनेशनल स्कुलले कोशी प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगिता  असार २२ गते शुक्रवार देखी २३ र २४ गते सम्म सञ्चालन हुनेछ । स्कुलले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेता टिमले ‘होलिल्याण्ड कप २०८०’ सहित नगद पुरस्कार १० हजार प्राप्त गर्ने जानकारी दिएको छ। उपविजेता टिमले नगद  ५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको महिला तर्फका विजेता टिमले ८ हजार र उपविजेता टिमले ४ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिता पुरुष फुल सेट र महिला ३ बाई ३ मा सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगिताको मष्ट भ्यालुएवल प्लेयर, राइजिङ प्लेयर तथा हरेक खेलमा म्यान अफ दि म्याचले मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिता हराईजन क्लबको प्राविधिक सहयोगमा सञ्चालन हुने स्कुलले जनाएको छ ।

विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासका निमित्त प्रतियोगिता आयोजना गरिएको  प्रिन्सिपल राजकुमार लिम्बूले बताए । प्रतियोगीताका खेलहरू धरान-१५ स्थित होलील्याण्ड स्कुलको खेल मैदानमा हुनेछन ।

प्रतियोगितामा महिला र पुरुष २२ वटा टिमको सहभागिता रहने अनुमान गरिएको स्कुलका डाइरेक्टर अर्जुन मेन्याङ्वोले बताए ।