धरान : धरानमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बीएमा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ८६ जनाले लाभ लिएको कार्यक्रमका संयोजक नवीन राईले जानकारी दिए।

केन्द्रीय प्रविधि क्याम्पस, श्रेया चस्मा घर र रेडक्रस नेपाल धरानको प्राविधिक सहयोगमा आयोजना भएको शिविरमा मूलतः आँखा, स्वास्थ्य खाद्य परामर्श, रगत तथा मधुमेह परीक्षणका साथै पिसाब र प्रोटिन परीक्षण, शरीरको तौल र रक्तचाप परीक्षण गरिएको थियो। जसमध्ये १२० जना विद्यार्थीले आँखा परीक्षण गराएका थिए भने २१५ जना विद्यार्थीले रगत, सुगर तथा रक्तचाप र ४० जनविद्यार्थीले स्वास्थ्य खाद्य परामर्श लिएका थिए।

क्याम्पसका विद्यार्थीमा स्वास्थ्य चेतना र शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविर फलदायी रहेको आयोजकको भनाइ छ। साथै, शिविरका संयोजक नवीन राईले आगामी दिनमा रक्तदान कार्यक्रम गर्ने लक्ष्य रहेको जानकारी दिए।

swastha sivir

swastha sivir 2