धरान : सरोकार समाज नेपाल सुनसरीको आयोजनामा सुनसरी  निर्वाचन क्षेत्र नं.१ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

बिहीबारबाट सुरु भएको  प्रतियोगितामा सुनसरी निर्वाचन क्षेत्र १ भरीबाट जम्मा ५६ टिम सहभागी रहेको कार्यक्रम संयोजक दुर्गा राईले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन सुनसरी क्षेत्र नम्बर १ (ख) का प्रदेश माननीय विजय राईले गरेका थिए ।

उद्घाटनमा बोल्दै माननीय राईले खेलकुदको माध्यमबाट शारीरिक र मानसिक विकास हुने बताए । उनले खेल मनोरञ्जन मात्र नभएर स्वास्थ्यको लागि अपरिहार्य भएको खेलकुद प्रतियोगिताहरूले खेलाडीहरूलाई खेल क्षेत्रमा आउनको लागि प्रोत्साहन हुने भएकोले प्रतियोगिताहरू आयोजनालाई निरन्तरता दिन  जोड दिएका थिए ।

नेकपा एमालेका धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङले खेलकुदले मानिसको शारीरिक र मानसिक दुवै क्षेत्रको विकास गर्ने बताए । 

उनले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको उल्लेख गरेका थिए ।

सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष प्रतीक श्रेष्ठले अन्य खेल जस्तै ब्याडमिन्टन खेल पनि व्यावसायिक बन्दै गएको बताए ।

सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा भएको सो प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्डको सहकार्य रहेको छ ।

प्रतियोगिता शुक्रवार सम्पन्न हुनेछ ।

स्थानीय व्यवस्थापन अमर सेवा समाजको रहेको छ ।

कार्यक्रममा ब्याडमिन्टन सङ्घ केन्द्रीय उपाध्यक्ष चन्द्र शेखर लामा, इलाका प्रहरी कार्यालय धरानको प्रहरी नायव उपरीक्षक नवराज मल्ल, सुनचाँदी व्यवसायी सङ्घ सुनसरी उपाध्यक्ष राजेश श्रेष्ठ, नेपाली कांग्रेस धरान नगर समिति सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान नगर कमिटी अध्यक्ष हर्कराज एभेङ, अमर सेवा समाजका अध्यक्ष भूमि राज लिम्बु लगायतको उपस्थिति रहेको थियो ।