इटहरी: सार्वजनिक बिदा तथा शनिवारको दिन पनि इटहरी उपमहानगरपालिका कार्यालय खुल्ला हुने भएको छ ।

आर्थिक वर्षको अन्त्य सँगै धेरै योजना तथा कार्यक्रम अन्तिम चरणमा रहेकाले कार्यालय समय बढाइएको हो ।

बिहीबार प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले सूचना प्रकाशित गर्दै कामकाजको अत्यधिक चाप भएकाले शनिवार तथा सार्वजनिक बिदाको दिन कार्यालय खुल्ला हुने जानकारी गराएका छन् । बिदाका दिन नगर कार्यपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यलयहरु खुल्ला हुने भएका छन् ।

itahari-notice