इटहरी : नेपाली काँग्रेसका नेता केदार कार्कीले जनता सँग नजिकिएर सम्बन्ध सुमधुर बनाउन लाग्नुपर्ने बताएका छन् । नेतालाई ल्याउन र पुर्‍याउन एयरपोर्ट पुग्नुभन्दा छिमेकी बिरामी लिएर अस्पताल जानुपर्ने बताए ।

मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनमा बोल्दै कोशी प्रदेश सांसद कार्कीले जनताको कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । "काँग्रेस कार्यकर्ता नेता खुसी कुरा सुनाउन पाउँदा खुसी हुन्छन् । नेताले जनताको र कार्यकर्ताको गुनासो सुन्दा मात्र आधा समस्या समाधान हुन्छ ।

"उनले भने, "काँग्रेस नेताले नयाँ पार्टी सँग डराउने र प्रचार गर्ने काम गर्नु हुँदैन । आगामी निर्वाचन हाम्रो लागि प्रतिकुल छ भन्दै अरूको प्रचार गर्ने काम गलत भइरहेको छ ।"

गणेशमान र बिपी को वार्ता स्मरण गराउँदै उनले संवाद र छलफल मार्फत एकताको सन्देश दिन आग्रह गरे । रिसाएका जो कोही सँग भेट्ने र संवाद गरेर अगाडि बढ्नुपर्ने बताए ।