धरान : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान सुनसरीले एसइईमा उत्तीर्ण  विद्यार्थीहरूको कक्षा ११ मा शैक्षिक सत्र ०८०/८१ का लागि भर्ना हुने प्रवेश परीक्षा समय तालिका प्रकाशित गरेको छ ।प्रकाशित तालिका अनुसार धरानका विद्यालयहरू नेशनल एकेडेमीको प्रवेश परीक्षा असार २७ गते बुधवार, एम्स एकेडेमी र सियोन माविको असार २८ गते बिहिबार प्रवेश परीक्षा हुनेछ ।

धरान उच्च मावि र सुनाखरी एकेडेमीको असार २९ गते शुक्रवार, युरेका आवासीय मावि, विष्णु मेमोरियल बोर्डिङ र हिविस्कस माविको असार ३० गते शनिवार प्रवेश परीक्षा हुनेछ । प्रभात माविको प्रवेश परीक्षा असार ३१ गते आइतबार हुनेछ।

इटहरी क्षेत्रका १२ विद्यालयहरू पूर्वाञ्चल मावि र ग्रिनपिस  नमुना कलेजको असार २७ गते बुधवार, कोशी सेन्ट जेम्स कलेज र सिवि कलेजको असार २८ गते बिहिबार प्रवेश परीक्षा हुनेछ।

बिश्व आदर्श कलेज प्रिमियर ग्लोबल स्कुलको असार २९ गते शुक्रवार, शुष्मा कलेज र कस्तुरी कलेजको असार ३० गते शनिवार, लर्डबुद्ध ईन्टरनेशनल मावि, पिसजोन आ.माविको असार ३१ गते आइतबार प्रवेश परीक्षा हुनेछ ।

यस्तै नोबेल एकेडेमी (स्किल क्याम्पस) र ईम्पोरियल गोदावरी कलेजको साउन १ गते सोमबार प्रवेश परीक्षा हुनेछ । इनरुवा क्षेत्रमा रहेको स्मल हेवेन एकेडेमीको समय अनुकूल पछि समय तोकिने गरी तालिका प्रकाशित गरिएको छ ।

समय तालिका अनुसार सम्पूर्ण फारम भरेका सम्पूर्ण विद्यार्थीहरूले सम्बन्धित कलेजमा सम्पर्क राखी प्रवेश परीक्षामा सामेल हुन एडमिट कार्ड अनिवार्य लिन सूचना प्रकाशित गरिएको छ ।

सुनसरी भरीका ४० भन्दा बढी संस्थागत विद्यालय रहे पनि हिसानमा २२ वटा उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरू आबद्ध रहेको हिसान सुनसरी सचिव हेमन्त भण्डारीले बताए ।

उनका अनुसार सुनसरीमा भएका सम्पूर्ण संस्थागत विद्यालयहरूमा एकरूपता ल्याउन स्वास्थ्य प्रतिस्पर्धाका लागि एकैसाथ प्रवेश परीक्षा लिइएको हो ।

प्रवेश परीक्षामा सामेल हुन इटहरी र धरान र इनरुवा क्षेत्रका सम्पूर्ण हिसानमा आबद्ध उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको समय तालिका तोकिएको छ ।

hisan-notice