• सुकदेब चौधरी 

इनरुवा : असार २७ गते सुनसरी वराहक्षेत्र न.पा. ५ का दुई व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहको एक व्यक्तिलाई बुधवार सुनसरी प्रहरीले सार्वजनिक गरेको छ । 

    अपहरणको गराउने घटनामा संलग्न गरेको भनी पक्राउ गरी सार्वजनिक गराउनेमा वराहक्षेत्र न.पा.५ का २९ वर्षीय सन्तोष बस्नेत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए । 

    प्रहरी निरीक्षक दत्तको विशेष टोलीले बस्नेतलाई धरानबाट उदयपुर तर्फ भाग्दै गर्दा वराहक्षेत्र नपा १ स्थित झण्डाचोकवाट गत असार २५ गते पक्राउ गरेको हो । बस्नेतको सुनसरी जिल्ला अदालतबाट ०७ दिनको  म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    भारतीय सीमा क्षेत्रमा रहेको बेला बजारमा गत वैशाख २५ गते वराहक्षेत्र न.पा. ५ का सौगात भण्डारी, सोही ठाउँका छविलाल आचार्य, हरि आचार्य र सुनिल गिरी सहित ४ जनाको टोली सामान खरिद गर्न गएको थियो ।

    सोही क्रमका इम्तियाज भन्ने व्यक्ति सहित ७ जनाको टोलीले पेस्तोल देखाई छविलाल र सौगात चढेको मोटरसाइकल नियन्त्रणमा लिई उनीहरूलाई बन्धक बनाएका थिए । अपहरणकारीले सौगात भण्डारीको परिवार सँग गत वैशाख २६ गते फिरौती बापत रु. ५० लाख माग गरी रहेको तथा नबुझाएका ज्यान मार्ने समेत धम्की दिँदै आएका थिए । 

    पीडित सौगातको परिवारले अपहरणकारीलाई फिरौती बापत १ लाख ५० हजार बुझाए पनि अपहरणकारी मुक्त गरेका थिएनन् भने बन्धक बनी रहेको पीडितहरू गत वैशाख २७ गते अपहरणकारीको पञ्जाबाट भागी मुक्त भएका थिए ।