धरान : पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार होटेलको हब बन्दै गइरहेको छ। सात गाउँपालिका र एक नगरपालिका रहेको यस जिल्ला पूर्वको प्रसिद्ध धाम पाथीभरा जाने रुट पनि हो । नयाँ रिसोर्ट र रेष्टुरेन्टहरु खुल्ने र सञ्चालन हुने अवस्था रहे पनि आर्थिक सङ्कटबाट प्रभावित बन्दै गएको समयमा पाँचथरमा मनस्वी होटेलले थप लगानी गर्दै पुनः सञ्चालनमा आएको छ।

कोरोना सङ्कट पूर्व बाह्य पर्यटकलाई लक्षित गरेर ४ करोड लगानीमा मनस्वी होटेल सञ्चालनमा आएको थियो । २०७४ साल वैशाखबाट सञ्चालनमा आएको होटेल कोरोना कहर पछि बन्द थियो । करिब ४ करोड लगानीमा सुरुवात गरिएको होटेल कोरोना कहर पछि बन्द गर्नुपर्दा व्यवसायी मारमा थिए ।

५ करोड लगानीमा सञ्चालनमा आएको मनस्वी होटेल डेढ रोपनी जग्गामा रहेको छ। पाँच तले भवनको नाम हरिगंगा कम्प्लेक्स रहेको छ । ग्रेजिङको प्रयोग गरिएको होटेल को बाहिरी लुक्समा ठुलो नेपालको झण्डा देख्न सकिन्छ । होटेल बाहिर ग्रिन गार्डेन बनाइएको छ। होटेल भित्र प्रवेश गरेपछि रिसेप्सन र रेस्टुरेन्टलाई आधुनिक डिजाइनमा सजाइएको छ ।

पाचौं तलामा सम्मेलन, सेमिनार र बैठक लगायतका कार्यक्रम गर्न सकिने उक्त होटेलको पहिलो तलामा बार रहेको भ। होटेलमा १७ वटा कोठा छन् जसमा २ वटा स्विट रुम, ६ वटा डिलक्स रुम, ३ वटा स्ट्यान्डर रुम र बाँकी ६ वटा जेनेरल रुम रहेको छ । कोठाहरु १५ सय देखि ६ हजारसम्मका रहेका छन् । प्रत्येक कोठा बाहिरपट्टि पाँचथर जिल्लाका गाउँपालिकाको नाम र प्रमुख पर्यटकीय स्थलको नामबाट कोठा छुटाइएको छ ।

प्रत्येक कोठा भित्र र बाहिर पट्टि पाँचथर जिल्लाका पर्यटकीय गन्तव्यको तस्बिर देख्न सकिन्छ । फिदिम बजारको बिचमा होटेल भएका कारण होटेलको हरेक कुनाबाट फिदिम बजार, फिदिम सँग जोडिएका गाउँ र साँझमा छिमेकी जिल्ला तेह्रथुम जिल्लालाई  रुफटप रेस्टुरेन्टबाट नियाल्न सकिन्छ ।

पाँचथरको पूर्वीय सीमा सिक्किम भएका कारण सिक्किमका पर्यटन पाथीभरा दर्शन जानका लागि यही रुट हुँदै आउने गरेको सञ्चालक प्रकाश नेपाल बताउँछन्।

होटेल पूर्ण रूपमा सञ्चालन भएपछि २० जनाले प्रत्यक्ष रोजगारी पाउने नेपालले बताए ।

manswai-hotel-3