झापा : झापाको गौरादह-२ मा एक बालकको डुबेर मृत्यु भएको छ ।

गौरादह नगरपालिका २ स्थित कृष्णे खोलामा पौडी खेल्न गएका गौरादह-२ हासखोरा चोक निवासी १३ वर्षीय एन्जल ताजपुरियाको मृत्यु भएको हो ।

पौडी खेल्दा खेल्दै बेपत्ता भएका ताजपुरियालाई खोजी गर्ने क्रममा मृत भेटिएका हुन ।