धरान : नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेशले पिण्डेश्वर मन्दिरमा भक्तजनहरूलाई निःशुल्क स्वास्थ्य शिविर एवम् पानी वितरण गरेको छ।
'सेवा नै धर्म हो' भन्ने भावनाले प्रेरित नेपाल प्रहरीका श्रीमतीहरू 'नेपाल प्रहरी श्रीमती सङ्घ' सामाजिक सेवामा तल्लीन रहेर राष्ट्रसेवा र राष्ट्रमा समय समयमा आउने विभिन्न प्रकारका दैवी प्रकोपको क्षेत्रमा काम गर्न पनि क्रियाशील छन् ।
'यस संस्थाले स्थापनाकाल देखि नै स्वास्थ्य शिविर, महिला सशक्तीकरण, विपन्न एवम् घाइते, दीर्घ रोगी आदिका परिवारलाई छात्रवृत्ति, आर्थिक सहयोग, यौन हिंसा तथा मानव बेचबिखनसम्बन्धी कार्यक्रम, सहाराविहीन वृद्धवृद्धालाई राहत सहयोग तथा दैवी प्रकोप पीडितहरूकालागि राहत वितरण गर्दै आएको नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेश अध्यक्ष अजिता देवकोटा बासकोटाले जानकारी दिइन।
यस संस्थाले पशुपति लगायत नेपाल भरिका तीर्थस्थलहरूमा निःशुल्क खानेपानी वितरण स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।
२०७५ चैत १ गते यस सङ्घकै पहलमा सुनसरीको धरान उपमहानगरपालिका-६ पानबारी स्थित १०० पुरुष क्षमता भएको लागुऔषध प्रयोगकर्ताको उपचार, परामर्श तथा पुनर्स्थापना लागि आसरा सुधार केन्द्रको शाखा विस्तार गरेको छ।
shreemati-sang