इटहरी : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका तीन जनाको मृत्यु भएको छ ।

शुक्रवार राती ११ बजे भएको दुर्घटनामा एउटै बाइकमा सवार चार जना मध्ये तीन जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका अर्का एक जनाको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय पकलीले दिएको जानकारी अनुसार भारतीय नम्बर रहेको डब्लु बी ७३ इ ९११७ को पिकअपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएको हो । 

घाइते दुई जना इटहरी-१६ उब्दिका करण चौधरी र शम्भु चौधरीको राति नै निधन भएको प्रहरीले जनाएको छ ।

सोही गाउँका अर्का युवाको बिएण्सी अस्पताल बिर्तामोडमा बिहान ६ बजे मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते इटहरी १७ का २७ वर्षीय प्रेमलाल चौधरीको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

पिकअप सहित चालक भारत दार्जिलिङका गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन् । दुर्घटना भएको स्थान इटहरी  वडा नं. १७ मा पर्दछ ।