इटहरी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको मतभेद र मनोमालिन्यता हटाए बहुमत ल्याउन सकिने बताएका छन् । पार्टी भित्र आन्तरिक एकता जरुरी रहेको बताउँदै उनले मतभेद हटाउनै पर्ने बताए ।

सुनसरीको इनरुवामा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिनुपर्ने भनाइ राखे । बारम्बार स्थायी शान्तिलाई जोड दिएका उनले लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए ।

उनले आजै सुनसरीको बहालमा बिपी कोइरालाको पूर्ण कदको शालिक अनावरण समेत गरे । ४१ औँ स्मृति दिवसमा बिपीलाई स्मरण गर्दै सभापति देउवाले बिपीको बारेमा जति बोलीपने कम हुने बताए । बिपी र गिरिजाप्रसाद कोइराला चुनाव लडेको क्षेत्रमा पुगेका देउवाले  लोकतन्त्रलाई भाइब्रेन्ट बनाउन लाग्ने धारणा राखे ।