धरान : एसइई उत्तीर्ण भएपछि विद्यार्थीहरू अहिले राम्रो पढाई हुने कलेजका खोजीमा छन् । तीव्र प्रतिस्पर्धामुखी बनेको अहिलेको उच्च शिक्षा क्षेत्रमा फरक धारको शिक्षणले मात्र उनीहरूका भविष्य निर्बाध अघि बढ्न सक्छ । विद्यार्थीहरूले पनि त्यही खोजिरहेका पाइन्छन् ।
मेघा हिमालयन कलेजका प्रिन्सिपल भास्कर पौड्याल भन्छन् ‘‘विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न अबको शिक्षण केन्द्रित हुनुपर्छ, हाम्रो जोड त्यसैमा छ ।’
किताबी पढाईको विषयलाई प्रयोगात्मक बनाउन अतिरिक्त व्यवहारिक ज्ञान, सिपमूलक कोर्सको विकास अहिलेको आवश्यकता हो । उनले भने ‘किताब पढेर परीक्षा दिँदा पनि पुग्छ तर, विद्यार्थीलाई प्रतिस्पर्धामुखी बनाउन प्रयोगात्मक पढाई जरुरी छ ।’
धरान पूर्वको क्षेक्षिक केन्द्र हो । गुणस्तरीय शिक्षाका लागि धरानमा धेरै स्कुल, कलेज सञ्चालनमा छन् । विद्यार्थी, अभिभावकको रोजाईका अवसर पनि धेरै छन् । त्यस मध्ये धरान-१२ स्थित मेघा हिमालयन कलेज धेरैले लिने एउटा नाम हो ।
मेघा हिमालयनबाटै एसइई दिएकी जेनिशा श्रेष्ठ अहिले कक्षा १२ साइन्सकी विद्यार्थी हुन । साइन्स पढ्नकै लागि उनी काठमान्डु जाने तयारीमा थिइन् । उनी भन्छिन् ‘काठमान्डुकै शिक्षकहरू यहाँ पढाई रहनु भएको छ, ल्याब सहित सबै सुविधा उत्तिकै भएपछि हिमालयमै पढ्न उचित लाग्यो ।’
अब काठमान्डु जानु पर्दैन :
dharan megha 4प्रिन्सिपल पौड्याल भन्छन् ‘राम्रो पढाईका लागि काठमान्डु जानुपर्ने बाध्यता हामीले अन्त्य गरिदिएका छौँ ।’ उचित शुल्कमा काठमान्डुकै गुणस्तरीय शिक्षा धरानमै हासिल गर्न सकिन्छ । मेघले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न जोड दिएको उनको दाबी छ । 
मेघाको होटेल म्यानेजमेन्ट प्रयोगशाला प्रदेशमै उत्कृष्ट घोषित भएको छ । डेढ करोड रुपैयाँ बढी लगानी रहेको विज्ञान र होटेल म्यानेजमेन्ट प्रयोगशालाप्रति विद्यार्थी, अभिभावकहरू सन्तुष्ट छन् ।
कलेजमा काठमान्डुको नेम्स, पिइए, ह्वाइट हाउस, गोल्डेन् गेट सहितमा अध्यापन गरिसकेका अनुभवी दक्ष जनशक्ति शिक्षण कार्यमा संलग्न छन् । प्रयोगात्मक पढाइलाई प्राथमिकता, अतिरिक्त व्यवहारिक ज्ञान, सिपमूलक कोर्स अनुभवी शिक्षकहरूको प्राथमिकतामा छ । 
विद्यार्थीहरूलाई बैङ्किङ क्षेत्रका विज्ञहरूबाट अनुभवहरू शेयरिङ गराउने, होटेल म्यानेजमेन्टमा प्रसिद्ध विज्ञ अनुभवीहरूबाट कक्षा, प्र्याकटिकलका लागि सोल्टी होटेलमा अभ्यासको अवसर प्रदान गर्ने तयारी पनि मेघा होटेल म्यानेजमेन्टले गरेको छ ।
साइन्सका विद्यार्थीलाई कोर्स सकेपछि तयारी कक्षाहरू संचालन गरिँदै आएको छ । प्लस टुका विद्यार्थीहरूमा उनीहरूको स्वास्थ्य परीक्षण, उपचारका काउन्सिलिङका लागि कलेजमै चिकित्सक सहित दुई बेडको स्वास्थ्य केन्द्र सञ्चालनमा छ । शौचालय, क्यान्टिन व्यवस्थित छ । 
मेघा हिमालयन कलेज २०६६ सालमा स्थापना भएको हो । कलेज गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा सबै भन्दा अघि रहेको विद्यालयको रूपमा परिचित छ । अतिरिक्त क्रियाकलापमा समेत नयाँ शैलीको प्रयोग गर्नु मेघा कलेजको विशेषता हो ।
मेघा विज्ञान र प्रविधिको नयाँ आयाममा संलग्न युवाहरूद्वारा सञ्चालित मल्टिमिडिया प्रेजेण्टेसनद्वारा अध्यापन गराइने जिल्लाकै पहिलो कलेज हो ।
कलेजमा प्लस टु तर्फ साइन्स, फुड न्युट्रिसियन र डायटिसियन, कम्प्युटर साइन्स, म्यानेजमेन्ट कमर्स र होटेल म्यानेजमेन्ट अध्यापन हुन्छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिबिएस पनि सञ्चालनमा छ ।
बीबीएसमा दोस्रो वर्षमै धरानमा मेघा हिमालयले उत्कृष्ट नतिजा ल्याएको थियो । ‘प्लस टु’ तर्फ स्थानीय विद्यालयसँग मेघाले सहकार्य समन्वय गर्दै आएको छ । विद्यालयका सञ्चालकहरूकै सामूहिक सहकार्यमा धरान मेघा कलेज सञ्चालनमा छ । 
मल्टिमिडिया कक्षा, अनिवार्य कोचिङसँगै विषय विशेषज्ञ गेस्ट लेक्चररहरूबाट अध्यापनको व्यवस्था गरिएको छ । हाइकिङ, एजुकेश्नल टुर, इन्डस्ट्रियल टुर, बिजनेस टुर पनि मेघा कलेजका विशेषता हुन । यी सहकार्यकलाप विद्यार्थीमा ज्ञानको दायरा फराकिलो पार्ने उदेश्यले गरिएका हुन ।
मेघा कलेजले विद्यार्थीको रुचि अनुसार अतिरिक्त क्रियाकलाप र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । परीक्षा प्रणालीको दृष्टिले समेत मेघा कलेज अद्यावधिक हुँदै आएको छ । मासिक परीक्षा सञ्चालन, विद्यार्थीलाई पृष्ठ पोषण प्रदान, र वार्षिक परीक्षामा उत्कृष्ट नतिजा मेघाको विशेषता हो । 
अभिभावक र शुभचिन्तकसँग पटक पटक साक्षात्कार गर्दै विद्यार्थीहरूको रुचि, क्षमता र आवश्यक्ताका बारेमा जानकारी लिने काम मेघा कलेजले अपनाएको छ । यसबाट विद्यार्थीको शैक्षिक रुचि, उनीहरूको आवश्यक्ताका बारेमा कलेजले अपडेट हुने गरेको छ ।
कलेजले धरानका प्रतिष्ठित ए क्लासका बैङ्कहरूमा विद्यार्थीहरूलाई नियमित इन्टर्नसिपको व्यवस्था गर्दै आएको छ । मेघाका विद्यार्थीलाई किताबमा मात्र होइन, प्रेजेन्टेशनमा, अतिरिक्त क्रियाकलापमा, सामाजिक उत्तरदायित्वमा अगाडि आएको देख्न सकिन्छ ।
dharan megha 2मेघा कलेजबारे विद्यार्थी 
साइन्स कक्षा-१२ की जेनिशा श्रेष्ठ भन्छिन् ‘मेघा कलेज मलाई धेरै नै फ्रेण्डली लागेको छ ।’ यहीबाट एसइई दिएको हुँ । धेरैले काठमान्डु गएर पढ्ने सल्लाह दिए तर मैले यही पढ्ने इच्छा गर्रे किनकि यहाँ काठमाण्डौं कै शिक्षकहरू आएर पढाउनु भएको छ ।
सानो सानो कुरालाई पनि राम्रो सँग ब्रिफिङ गरिदिनुहुन्छ त्यही भएर पनि कुनै कन्फ्युजन हुँदैन । रिफ्रेन्स बुकहरू पनि प्रोभाईड गरिदिनुहुन्छ । परीक्षामा आउने सम्भावित प्रश्नहरूको विषयमा जानकारी गराउनुहुन्छ । 
साइन्स, कम्प्युटर साइन्सको लागि ल्याबहरू पनि पर्याप्त छ । नयाँ टेक्नोलोजीका सामानहरू छन् । चाहिएको सामान भनिरहनु पर्दैन सबै विद्यालयले तयारी गरेको छ । यहाँको क्यान्टिन, शौचालय सुविधामैत्री रहेको छ ।
साइन्सकै कक्षा-१२ की समृद्धिको अनुभवमा ‘कलेजले दिएको सेवा सुविधाहरू राम्रो छ ।’ शान्त वातावरण भएकाले पनि कुनै डिस्टर्वहरू आउँदैनन् । ल्याबहरू पनि विद्यार्थीको आवश्यक्ता अनुसार गुणस्तरीय छ । एकेडेमीक र शैक्षिक सुविधा राम्रो छ । अन्य कलेजको भन्दा मेघामा पढाई फरक ढङ्गमा व्यवहारिक छ ।’
dharan megha 3