धरान : मोरङको पथरी शनिश्चरे-१ रत्न चौकबाट स्थानिय २१ वर्षीय शैलेस गुरुङले सोमवार हिजो राती प्रहरीले १ ग्राम १०० मिलिग्राम लागुऔष ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार हिजै दिउँसो विराटनगर–१६ हुलास चौकमा झापाको कमल गाउँपालिका-६ का विवेक ग्वालालाई लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम समेत जम्मा २६ एम्पुल लागुऔषध सहित पक्राउ गरिएको छ ।

विवेश भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको गरेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । 

यसैगरी झापाको बिर्तामोड–४ भद्रपुर रोडबाट स्थानीय २५ वर्षीय रबी चौधरी, १९ वर्षीय प्रियान्स साह र २४ वर्षीय विशाल बिकलाई ब्राउन सुगर प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूबाट १ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानुनी कारबाही प्रक्रिया भइरहेको छ ।